Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

“नेपालको अर्थतन्त्र गतिशिल छ, क्रमश: लयमा फर्कदै छ” : अर्थमन्त्री

मेरो आर्थिक
मेरो आर्थिक
माघ २५ गते २०८०
“नेपालको अर्थतन्त्र गतिशिल छ, क्रमश: लयमा फर्कदै छ” : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशरण महतले मुलुकको अर्थतन्त्र गतिशिल बन्दै गएको बताउनु भएको छ । काठमाडौंमा भएको ‘आर्थिक पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयको अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनु भएको छ ।

‘विगतमा गैर-उत्पादक क्षेत्रमा धेरै पैसा खर्च हुन्थ्यो, खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, अब पुँजीगत खर्च बढ्ने हो, त्यो क्रमशः समाधान हुँदै गएको छ, अर्थतन्त्रको लय फर्किँदै छ ।" उहाँले भन्नुभयो।

अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिर्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण जुनसुकै अवस्थामा पनि तिर्नु पर्छ । उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र, सञ्चारमाध्यम, सरकार, नागरिक समाज र जनता सबै मिलेर लाग्नुपर्ने बताउनु भएको छ ।

सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रले गति लिने उहाँको भनाइ छ । पछिल्लो समय अर्थतन्त्रले गति लिएको तथ्यांकले देखाएको उहाँले बताउनु भएको छ । ‘पूँजी छ, तर खर्च गर्न समस्या छ, भविष्यमा खर्च बढ्नेछ’, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशिल बन्दै गएको बताउनु भएको छ । आयात क्रमशः घट्दै गए पनि रेमिट्यान्स बढ्दै गएको उहाँले बताउनु भएको छ ।

नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा जुन किसिमको कर्जा दिनुपर्ने हो, त्यो भने हुन नसकेको उनले स्पष्ट पारे । उनले उत्पादन क्षेत्रमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।

Add a new comment