Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

राष्ट्रपतिद्धारा क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त

मेरो आर्थिक
मेरो आर्थिक
माघ २७ गते २०८०
राष्ट्रपतिद्धारा क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले संविधानबमोजिम भरतराज पौडेललाई क्यानडाका लागि नेपाली राजदूत र सनिल नेपाललाई पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार उनीहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको छ । क्यानडाका लागि नियुक्त भएका राजदूत पौड्याल निवर्तमान परराष्ट्र सचिव हुन् ।

सरकारले परराष्ट्र सचिव हुँदैको अवस्थामा पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो । यस्तै कात्तिक २३ गते नेपाललाई पोर्चुगलको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।

Add a new comment