Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

संघीय संसदमा आज देखि ‘प्रि-बजेट’ छलफल सुरु

मेरो आर्थिक
मेरो आर्थिक
फागुन १४ गते २०८०
संघीय संसदमा आज देखि ‘प्रि-बजेट’ छलफल सुरु


सोमबार अर्थात आज देखि संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको लागि ‘प्रि बजेट’ छलफल सुरु  भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रिय सभामा सोमबार आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची अनुसार बजेटमा छलफल सुरु  भएको हाे ।

प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।

नेपालमा पहिलोपटक बजेट आउनु तीन महिनाअघि नै प्रि बजेट छलफल गर्न थालिएको हो । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

यसअघि १५ दिन अघिदेखि प्रि बजेट छलफल गर्ने कानुनी व्यवस्था रहेको थियो ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर तीन महिनाअघि नै संसदमा बजेटमाथि छलफल गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल सुरु गर्न थालिएको हो  ।

Add a new comment