Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

राजेन्द्र महतोद्धारा पार्टी त्याग, नयाँ अभियानको सुरुवात गरेको भनाइ

मेरो आर्थिक
मेरो आर्थिक
फागुन १४ गते २०८०
राजेन्द्र महतोद्धारा पार्टी त्याग, नयाँ अभियानको सुरुवात गरेको भनाइ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गर्दै पार्टी त्यागेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्णयहरुप्रति असन्तुष्टि जनाउँदै उनी पार्टी छोड्ने चरणमा पुगेको उनी निकटका नेताहरुले बताएका छन् ।

सोमबार एक कार्यक्रममा उनले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्न बुद्धछिरिङ मोक्तानसँग मिलेर याे अभियान सुरू गरेकाे बताएका हुन् । हाल याे अभियान मात्र रहेकाे र यस अभियान पार्टी नभएकाे बताउँदै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भएमा पूर्व पार्टी लोसपा पनि यसमा समावेश हुन सक्ने जानकारी दिए ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले यससँग विचार मिल्ने जो सुकै जोडिनसक्ने पनि बताए । यो अभियान सुरु गरेर नेता कार्यकर्ता बटुल्ने र पछि पार्टीको रुप दिने महतोको योजना छ । लोसपाका सहमहासचिव सन्तोष मेहताले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महतोले राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने बताए ।

केही महिनादेखि महतोले लोसपाको बैठक बहिष्कार गर्दै आएका छन् । हालै भएको केन्द्रीय कार्यसमिति बैठक पनि उनले बहिष्कार गरे । पार्टी कार्यालयमा उनको आऊ-जाऊ पनि बन्द भएको नेताहरुले बताएका छन् ।

Add a new comment