निर्वाचन आयोगद्धारा इलाम २ र बझाङ १ मा उपनिर्वाचन को मिति तय : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

निर्वाचन आयोगद्धारा इलाम २ र बझाङ १ मा उपनिर्वाचन को मिति तय

मेरो आर्थिक मेरो आर्थिक फागुन १४ गते २०८०

इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन वैशाख १५ गते शनिबार गर्ने निर्णय गरेको हो ।

एमाले नेता तथा इलाम २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको २०८० भदौँ २६ मा निधन भएको थियो ।

त्यसैगरी बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को लागि वैशाख १५ गतेमा नै  उपनिर्वाचन हुँदैछ । यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको २०८० असार १५ मा कार दुर्घटनामा मृत्यु भएको थियो ।

सरकारसँगको परामर्शमा उपनिर्वाचनको मिति तय गरिएको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?