संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहित ३२ जना कारवाहीमा : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहित ३२ जना कारवाहीमा

मेरो आर्थिक मेरो आर्थिक फागुन १५ गते २०८०

नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहित ३२ जनाको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ कारवाही गरेको छ । कारवाही स्वरुप उनीहरुलाई त्यहाँबाट हटाएर सुरक्षाकर्मीको नयाँ टोली पठाइएको हाे ।

प्रदर्शनकारीहरूले संसद् भवनको मुख्य द्वारअघि नाराबाजी गरेर आफ्ना मागबारे सांसदहरूको ध्यानाकर्षण गराएका थिए। लघुवित्तका कारण आफूहरू मर्कामा परेको भन्दै विभिन्न जिल्लाबाट आएका दर्जनौँ मानिसहरूले गत सातादेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।

सोमबार दिउँसो भएको उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

संसद् भवन परिसरमा विशेष प्रवेशपास लिएर मात्रै प्रवेश दिइने व्यवस्था छ। प्रवेश गर्ने व्यक्तिहरूलाई पनि विशेष सुरक्षाजाँच गर्ने गरिएको छ।

संसद् भवनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने गरेका छन्। भवनभित्र प्रवेश गर्ने व्यक्तिहरूको चेकजाँच भने नेपाल प्रहरीले गर्दै आएको छ।

संसद् भवन परिसरमा तीनवटा ढोका छन्। नयाँबानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ। उक्त ढोकाबाट सांसदहरूको आवतजावतका लागि मात्रै खोल्ने गरिएको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?