Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डल अमेरिका जाने

मेरो आर्थिक
मेरो आर्थिक
फागुन १८ गते २०८०
अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डल अमेरिका जाने

अर्थमन्त्री प्रकाशशरण महत यही मार्च महिनामा अमेरिका जाने भएका छन् । देशका लागि आवश्यक शिर्षकहरुमा छलफल समन्वय र परामर्श तथा बैठकहरुको लागि अर्थमन्त्री सहितको टोली अमेरिका प्रस्थान गर्न लागेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको हो ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउद र सचिव सेवा लम्सालको भारत भ्रमणलाई पनि स्वीकृत गरेको छ ।

Add a new comment