तीन प्रदेश प्रमुख पदमुक्त गरी नयाँ नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस

मेरो आर्थिक
फागुन २९ गते २०८०
समयः ८:३८ am

फाल्गुन २९, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कांग्रेस कोटाका तीन प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ सिफारिस गरेको छ । मन्त्रिपरिषद्को दाेस्राे बैठकले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस छ । हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् । उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो ।