अर्थमन्त्रालयद्धारा कार्ययोजना पेश गर्न तालुकअड्डालाई निर्देशन : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

अर्थमन्त्रालयद्धारा कार्ययोजना पेश गर्न तालुकअड्डालाई निर्देशन

मेरो आर्थिक मेरो आर्थिक फागुन २९ गते २०८०

वर्षमान पुन अर्थमन्त्रीमा नियुक्त भएपछि देशको अर्थतन्त्र सुधार गर्न ठोस कदमहरु चालिने भएको छ । अर्थमन्त्रालयले पूँजी बजारको विकासको लागि कार्ययोजना पेश गर्न तालुकअड्डालाई निर्देशन दिएको छ। हिजो एक पत्र मार्फत अर्थले यस्तो निर्देशन दिएको हो। 

पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यसको विकास र विस्तारका लागि सरोकारवालसंग राय सुझाव लिएर एक हप्ताभित्र कार्ययोजना पेश गर्नलाई उक्त पत्रमा भनिएको छ। 

मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पूँजीबजारका सरोकारवालासंग छलफल गरेर एक हप्ताभित्र पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यसको विकास र विस्तारका लागि कार्य योजना पेश गर्न निर्देशन दिएको हो। 

अर्थमन्त्री, अर्थ सचिव र राजश्व सचिवलाई निर्देशनको बोधार्थ गरिएको छ। सत्ता समीकरण बदलिएपछि बनेको नयाँ गठबन्धनका नयाँ अर्थमन्त्री बनेका बर्षमान पुनको यो कामलाई शेयरबजारका लगानीकर्ताले प्रशंसा गरेका छन्।  

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?