जेठ ६ गते २०८२

इलाम– २ मा कांग्रेसबाट जिल्ला सभापति खड्का ब्यापक प्रचारप्रसारमा

मेरो आर्थिक मेरो आर्थिक चैत्र २७ गते २०८० १२:२८ PM

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बनेका छन् । पार्टीले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्का यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसंग ११४ मतान्तरले पराजित भएका थिए ।

नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । इलाम– २ को टिकट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले पाएपछि चुनावी प्रचारपसार बढेको छ ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले भेषराज आचार्यको नाम अगाडि सारेका थिए । पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान सामूहिक छलफल समेत गरेको थियो । राजनीति संगै समाज सेवाका काममा पनि डम्बर खड्का अग्रसर छन् ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.