Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

चुनाव प्रचारका लागि रास्वपाका लामिछानेसहित चार मन्त्री इलाम आउने

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ४ गते २०८१
चुनाव प्रचारका लागि रास्वपाका लामिछानेसहित चार मन्त्री इलाम आउने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीहरू उपचुनावका लागि इलाम आउने भएका छन् । इलाम–२ का पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी प्रचार–प्रसारका लागि पाटीका सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार मन्त्री इलाम आउने कार्यक्रम तय भएको हो ।

डा. मुकुल ढकालका अनुसार सभापति रवि लामिछानेले वैशाख ७, ८, ११ र १२ गतेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । चुनावी कार्यक्रममा जाँदा मन्त्रीहरूले सरकारी सुविधा प्रयोग नगर्ने महामन्त्री ढकालले बताए।

कार्यतालिका अनुसार शिक्षा मन्त्री सुमना श्रेष्ठ वैशाख ५ र ६ गते चुनावी घरदैलो र कोणसभामा सहभागी हुने, खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ वैशाख ९ र १० गते इलाम जाने, श्रम मन्त्री डिपी अर्याल (डोलप्रसाद) ले ११ र १२ गतेको सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको ढकालले जनाएका छन् ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूको सोमबार बैठक बसेको थियो। बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको महामन्त्री ढकालले बताए। रास्वपाले प्रत्येक साता मन्त्रीहरूसँग सामूहिक रूपमा छलफल गर्ने गरेको छ। मन्त्रीहरूको कार्यसम्पादनलाई व्यवस्थित, प्रभावकारी बनाउन पार्टीले छलफल गर्ने गरेको उनले बताए।

Add a new comment