Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १४ गते २०८१
वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द

इलाम । आगामी बैशाख १५ गते शनिवार अर्थात् भोली इलाम र बझाङ्गमा उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । सोही क्रममा उपनिर्वाचन हुने दिन वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द गर्ने निर्णय भएको हो ।

महत्वका साथ हेरिएको इलाम क्षेत्र २ मा भोली शनिवार हुने उपनिर्वाचनका लागि बिहान ५ देखि साँझ ६ बजेसम्म मेची राजमार्गसहितको यातायात बन्द गर्ने सर्वपक्षीय सर्वदलीय निर्णय भएको हो ।

बैशाख १५ गते मतदानको दिन विहान ५ः०० बजे देखि साँझ ६ः०० बजे सम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्ला भर मेची राजमार्ग लगायत अन्य सबै सहायक मार्गहरुमा सबै किसिमका सवारी साधनको आवागमन बन्द हुने छन् ।
निर्णय अनुसार छिमेकी जिल्लाहरु झापा¸ मोरङ¸ पाँचथर र ताप्लेजुङका जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने निर्णय भएको छ ।

मिडिया हाउसको सिफारिसको आधारमा संचारकर्मीहरुलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनको दिन सवारी साधन आवागमन अनुमति पत्र उपलब्ध गराउने र अन्य आवश्यक सवारी पास समेत मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइने निर्णय भएको छ ।

चुनावको दिन हिंडडुल गर्न नसक्ने गर्भवती महिला¸ साथमा आफ्नै बच्चा बोकेकी महिला¸ किरियापुत्री¸ शारीरिक रुपले अशक्त वा अपाङ्गता भएका व्यक्ति हिंडडुल गर्न नसक्ने जेष्ठ नागरिक लगायतलाई मतदान केन्द्रसम्म आउन र फर्कनको लागि सम्बन्धित सम्बन्धित मतदान केन्द्रबाट सर्वदलीयरसर्वपक्षीय सहमतीका आधारमा सम्बन्धित मतदान अधिकृतबाट सवारी साधनको अनुमति पत्र उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन¸ २०७३ को दफा २४ तथा निर्वाचन आचार संहिता¸ २०७९ को दफा १७ र १८ ले निषेध गरिएका कार्यहरु मतदान कार्य सम्पन्न नभएसम्मका लागि सम्बन्धित सवैले पूर्ण रुपमा पालना गर्न राजनीतिक दल सहमत भएका छन् ।

जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको सहभागितामा निर्वाचन कमाण्ड पोष्ट जिल्ला प्रशासन कार्यालयमा राखिने र उक्त कमाण्ड पोष्टमा राजनीतिक दल एवं उम्मेदवारका प्रतिनिधि सहभागी हुन इच्छुक भएमा सहभागी हुन पाउने निर्णय गरिएको छ ।
सोही निर्णय बमोजिम जिल्लाबाट बाहिरीने तथा भित्रिने क्रम तीब्र छ । निर्वाचनामा सहभागी हुन जिल्ला बाहिरबाट मतदाताहरु आउने क्रम जारी छ ।

Add a new comment