बझाङ उप निर्वाचनको मत गणना सुरु


बझाङ प्रदेश सभा १ मा भएको उप निर्वाचनको मतगणना सुरु भएको छ। बझाङमा शनिवार मतदान भएको थियो।
आइतबार बिहान मतपेटिका सदरमुकाम चैनपुरमा सङ्कलन गरेर मतगणना सुरु गरिएको हो। उप निर्वाचनमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमनबहादुर भण्डारी, माओवादी केन्द्रबाट जनकबहादुर बुढा प्रतिष्पर्धामा छन्।