इलाम २ को मतगणना: कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै

मेरो आर्थिक
वैशाख १६ गते २०८१
समयः ३:४२ pm

इलाम २ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा खड्काले ११४५ मतका साथ अग्रता कायम राखेका छन् ।
फाकफोकथुम वडा नं. १ र २ को मतगणना सकिदाः
रूखः ११४५
सुर्यः १०६३
मुडाः ३११
घण्टिः २०९
एमालेका सुहाङ नेम्वाङले १०६३ मतका साथ पछ्याइरहेका छन् । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि छन् । यी दुवै वडा कांग्रेसले जितेका हुन् ।
तर, २ नम्बर वडामा सुहाङले कांग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो । सो वडाबाट एमालेले ५२९,कांग्रेसले ४८८, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १२४ र रास्वपाका मिलन लिम्बुले ९४ मत पाएका छन् ।
दुवै वडाको मत गणना सकिदा कांग्रेस ११४५,एमाले १०६३, मुडा ३११ र घण्टीले २०९ मत पाएका छन् ।