Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १ गते २०८१
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान

 नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान भएको छ । सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो ।

गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप छ । न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए । अध्यक्ष गुरुङ नेतृत्वको कमिटीले मुद्रा (पौसा) संकलन र जन्मदिनको केक काट्ने बाहेक अरू काम गर्न नसकेको उनको टिप्पणी थियो । आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको पनि लेखेका थिए ।

Add a new comment