Skip to content
logo
कार्तिक ५ गते २०८१ समयः

पहिचानवादीहरुद्वारा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा

मेरो आर्थिक
मेरो आर्थिक
असार ३ गते २०८१
पहिचानवादीहरुद्वारा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा

दिलकुमार लिम्बू । ताप्लेजुङ । पहिचानवादीहरुले दोस्रो चरण आन्दोलनको घोषणा गरेका छन् । आइतबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिमा आवद्ध पाँच जातिय संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले बताउनुभयो । कोशी नाम खारेजी आन्दोलनलाई नयाँ चरण आन्दोलन सुरुभएको जानकारी दिनुभयो । आउँदो मंसिर १ मा विराटनगरमा विशाल जनप्रदर्शनको आयोजना गरी संघर्ष समितिले पारित गरेको रणनीतिक योजना अनुसार स्थानी तहबाटै समान्तर सत्ता अभ्यासको विकास गर्नका लागि तयारी गर्ने बताएको छ ।

कोशी नाममा मतदान गर्ने ८२ प्रदेश सांसद र साम्प्रदायिक गाली गर्ने तीन जना नेतालाई सार्वजनिक कार्यक्रमहरूमा निमन्त्रण नगर्न सबै पक्षलाई अनुरोध गर्ने समितिले निणर्य गरिएको नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले बताउनुभयो ।
पहिचान मुद्दालाई स्थानीय तहसम्म लैजान प्रदेश व्यापी प्रशिक्षण, संगठन विस्तार अभियान असार १५ गते देखि कार्तिक १५ गतेसम्म सञ्चालन गर्दै निर्णायक आन्दोलन गर्ने निर्णय भएको पहिचान सहितको प्रदेश नं १ संयोजक डकेन्द्रसिं थेगिमले बताउनुयो । इलाम दुईको उपचुनावबाट एकल जातिवादी सत्तालाई चुनौती दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको मत परिणामलाई सकारात्मक रुपमा लिएको थेगिमले बताउनुभयो ।
यस्तै मुकुमलुङ माथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि पहल संघर्षरत मुक्कुमलुङ ताः ङसेप र फाः सिङ चेम्भोसँगै प्रदेश नं. १ पुनःञ नामाङ्कन संघर्ष समितिले संयुक्तरुपमा संघर्ष गर्ने समितिको निणय भएको किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताउनुभयो ।
पाथीभरा(मुकुम्लुङमा) लिम्बू समुदायको फेदाङवा र सेवासावा नियुक्त गर्ने निर्णय भएको समितिले जनाएको छ ।

Add a new comment