प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८१

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा। प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए ।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?