Skip to content
logo
माघ ३० गते २०८१ समयः

सत्ता परिवर्तनकाे नयाँ सहमितपछि एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री बन्ने

मेरो आर्थिक
मेरो आर्थिक
असार १८ गते २०८१
सत्ता परिवर्तनकाे नयाँ सहमितपछि एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री बन्ने

काठमाडाैं, १८ असार । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता परिवर्तनकाे नयाँ सहमितपछि एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् । गएराति उनीहरूबीच गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको हाे।

दुई दलले मिलेर सरकार बनाएपछि निर्वाचन प्रणालीकाे सुधार, संविधान संशोधन लगायतका मुद्धाहरूमा ध्यान केन्द्रीत गर्ने सहमति भएकाे नेताहरूले बताइका छन् ।

दुबै पार्टीबीच भएकाे सहमतिलाई अन्तिम रूप दिन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, मुख्य सचेतक रमेश लेखक लगायत नेतासंगै ओलीसंग छलफल गरिएकाे जनाइएकाे छ ।

एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्। संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा ‘संविधान संशोधन सुझाव समिति’ बनाउने बताइएकाे छ। 

सहमतिका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ भने सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुने जनाइएकाे छ ।

सहमतिमा मन्त्रालयकाे बाँडफाँड र प्रदेश सरकारकाे नेतृत्वका बारेमा सहमति भएकाे छ । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भएकाे छ । कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने भएकाे छ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति भएकाे बताइएकाे छ ।

Add a new comment