प्रचण्डले पाएनन् विश्वासकाे मत, पक्षमा ६३, बिपक्षमा १९४ : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

प्रचण्डले पाएनन् विश्वासकाे मत, पक्षमा ६३, बिपक्षमा १९४

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८१
SHARES
0

काठमाडाैं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासकाे मत पाउन नसकेपछि उनकाे नेतृत्वको सरकारकाे आयु सकिएकाे छ । उनले प्रतिनिधि सभामा राखेकाे प्रस्तावकाे पक्षमा ६३ मत परेकाे छ । उनकाे प्रस्तावकाे विपक्षमा १९४ मत परेकाे छ भने एक जना मतदानमा सरिक भएनन् । बैठकमा कुल २९४ सांसद सहभागि भएका थिए ।

प्रधानमन्त्री दाहालले विश्वासकाे मत पाउन नसकेपछि अब नेपाली कांग्रेस तथा नेकपा एमालेकाे गठबन्धनकाे नयाँ सरकारकाे नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओली जाने भएका छन्।

संसदमा नेपाली कांग्रेसका ८८, एमालेका ७९, जनता समाजवादी पार्टीका ७, जनता समाजवादी पार्टी नेपालका ५, जनमत पार्टीका ४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसद चित्र बहादुर केशीले विपक्षमा मत दिएका हुन्।

१४ सिट रहेको राप्रपाले प्रस्तावकाे पक्षमा मत दिएकाे छ । नेकपा माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १० गरि ६३ मत प्रधानमन्त्री दाहालको पक्षमा परेकाे छ ।

नकेपा माओवादी केन्द्रका अध्यक्ष दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनकाे नेतृत्वकाे सरकार १८ महिनासम्म रहँदा शुक्रबारसहित उनले पाँचाै पटक विश्वास मत प्रस्ताव पेश गरेका हुन् । तर उनले यसपटक विश्वासकाे मत पाउन सकेनन् ।

गएकाे असार १७ गते नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउन सहमित भएपछि एमालेले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे थियाे । नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएपछि सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भएका छन् ।