एकीकृत समाजवादीका सांसदले संसदमै च्याते बजेट पुस्तिका


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तिका सदनमै च्यातेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले बजेट पुस्तिका च्यातेका हुन् ।
सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै सदनको अनुमति लिएर नै पुस्तिका च्यातेको थापाको भनाई छ ।
उनले भने- ‘नेतामुखी र मन्त्रीमुखी बजेट भएकोले, यो बजेटको किताब हेरे, केहि पनि जनताप्रति उत्तरदायी नलिएको, एकाधिकार कायम गरिएको र यो किताब सदनको अनुमति लिएर च्यातेको छु ।’ एभरेष्ट न्यूज एजेन्सी,
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%