गृहमन्त्री लेखकद्वारा अध्यागमन सुधारको काम तत्काल अघि बढाउन निर्देशन : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

गृहमन्त्री लेखकद्वारा अध्यागमन सुधारको काम तत्काल अघि बढाउन निर्देशन

मेरो आर्थिक मेरो आर्थिक असार ९ गते २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

आज गृह मन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिएको बताए । 

मन्त्री लेखक- ‘गलत तरिकाबाट मान्छे गएको थाहा पाए त्यो बेला कार्यरत कर्मचारी कारबाहीको भागेदार हुनेछ । शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।’

मन्त्री लेखकले अध्यागमन सुधारका लागि विगतको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न जोड समेत दिए । उनले भने- कर्मचारी आचरण सुधार हुनुपर्यो । अध्यागमनको कागजात, तथ्याङ्कदेखि हरेक कुराको रेकर्डका लागि डिजिटल प्रणाली स्तरोन्नति गर्न आग्रह गर्छु । 

बैठकमा अध्यागमनको सुधारका लागि एक महिनायता भएको प्रयास र पहलकदमीका विषयमा मन्त्री लेखकले जानकारी लिएका थिए । 

उनले भने- ‘एक महिनामा सुधारका के–के काम अघि बढे त्यो विषयमा पनि जानकारी मन्त्री ज्यूले लिनुभयो । अध्यागमनको छविदेखि संरचनागत सुधारमा जोड दिनुभयो ।’

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित  मन्त्रालयअन्तर्गत विभिन्न विभागीय प्रमुख, महाशाखा प्रमुखलगायतका उच्च पदस्थ कर्मचारी सहभागी थिए । अध्यागमन कार्यालयको भिजिट भिषाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?