मानव तस्करीका अपराधीलाई राज्यले बचाउन खोज्यो : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

मानव तस्करीका अपराधीलाई राज्यले बचाउन खोज्यो

रास्वपा ले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध जारी

मेरो आर्थिक मेरो आर्थिक असार ९ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध जारी राखेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै जेठ १३ गतेदेखि जारी विरोध आज पनि जारी राखेको हो ।

आह्को बैठक शुरु हुनासाथ रास्वपाका सांसद शिव नेपालीले मानव तस्करी राज्यको संरक्षणमा सञ्चालित भएको देखिएको बताउदै अपराधीलाई कारबाही गर्नुको सट्टा, राज्यले बचाउन खोजिरहेको  आरोप लगाएका छन् ।

 उनले भने- के जनताको मुद्दा उठाउनु अपराध हो ?सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन्। तर मानव तस्करहरू सधैं उन्मुक्त किन हुन्छन् ? यो प्रश्न आज हाम्रा अगाडि गम्भीर रूपमा उभिएको छ । मानव तस्करीको जघन्य, संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रूपमा उजागर भएको छ । भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेचबिखन गर्ने तस्करी — यो अपराध मात्र होइन, मानवताको घोर अपमान हो ।’

सांसद नेपालीले यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलको सरकार किन मौन छ ? भन्दै प्रश्न गरेका छन् । उनले के सरकार यो आपराधिक गिरोहसँग कुनै साठगाँठमा छ ? कि यो तपाईहरूको लाचारीपनको संकेत हो ? भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।

उनले राष्ट्रको गरिमा र जनताको जीवनको पक्षमा दृढ रूपमा उभिएको बताउदै मानव तस्करी, भ्रष्टाचार र कुशासनविरुद्ध र जनताको पक्षमा बोलेको भन्दै आफुहरुको आवाज दबाउने र धम्क्याउने काम भइरहेको समेत बताए । 

उनले गृहमन्त्री आफैंले तोकेको नैतिक मापदण्डमा किन आफैं असफल हुनु भएको हो ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न सोधेका छन् ।

सांसद नेपालीले आफ्नो धारणा राखेपछि रास्वपाले आजको बैठक पनि बहिष्कार गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?