भिजिट भिसा छानबिन गर्ने समिति रास्वपाले किन अस्वीकार गर्यो : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

भिजिट भिसा छानबिन गर्ने समिति रास्वपाले किन अस्वीकार गर्यो

रास्वपाले किन अस्वीकार गर्यो सरकारले बनाएको भिजिट भिसा छानबिन गर्ने समिति

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले गठन गरेको भिजिट भिसा प्रकरण बारेको उच्चस्तरीय छानबिन समिति नमान्ने बताएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले शंकर दास बैरागी नेतृत्वको छानबिन समितिले समस्याको समाधान नगर्ने भन्दै संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् ।

डा. वाग्लेले बैरागी स्वयं सक्षम निकायको रडारमा भएकोले उनले कस्तो छानबिन गर्छन् भन्दै प्रश्न गरेका छन् । उनले गृहमन्त्रीको प्रस्तावमा छानबिन समिति बनेको भन्दै आरोपीले नै आफ्नो अनुसन्धान अधिकृत छान्ने हो भन्दै प्रश्न गरे । उनले वैरागी पछिल्लो १० बर्षमा सत्ताको प्रिय पात्र रहेको समेत बताए ।

यो समस्या लुटको कुरा, संगठित समस्या भएको बताउदै यस्तो समितिले यो विषयको छानबिन गर्न नसक्ने बताए । उनले रास्वपाले यो विषय छानबिन गर्न संसदीय छानबिन समिति या बहालवाला वा पुर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन हुनुपर्ने बताए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?