वैशाख २ गते २०८३ --:--:--
मेनु

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८२ ७:४० AM
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । 

पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठक आज विहान ११ बजे बस्नेछ । 

केन्द्रीय कार्यालय आलोकनरमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक सन्दर्भसहित विभिन्न विषयहरूमाथि छलफल हुने अर्यालले जानकारी दिएका छन् । 

पतञ्जली जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?