जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन


बुटवल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
शुक्रबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले प्रदेश सभामा दर्ता गराएकी हुन् ।
पत्रमा नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम जसपा नेपालले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ । साथै पत्रमा प्रदेश सभाको बैठकमा जसपालाई विपक्षी बेन्चमा व्यवस्थापन गर्न समेत अनुरोध गरिएको छ ।
८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद रहेकी छन् । तीन जसपा नेपालका तीन सांसद रहेकोमा २ जना अशोक राई नेतृत्वको जसपामा गएका थिए ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%