काठमाडौँ । आज संघीय संसदको राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार विहान ११: १५ देखि शुरु हुदैछ ।
आजको बैठकमा प्रतिनिधि सभामा पारित भएको विनियोजन विधेयक २०८२ पारित गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि विभिन्न मन्त्रालयको बजेटको बारेमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै आज भन्सार विधेयक २०८० छलफलपछि पारित गर्ने कार्यसूची समेत रहेको छ ।














