एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८२

काठमाडौँ । पुर्व राष्ट्रपति विद्या देवी भण्डारीले एमालेको राजनीतिमा पुन: सक्रिय हुने घोषणा गरेकी छन् । 

शनिबार राष्ट्रिय सभामा मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले आफु पुन एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्दै सदस्य नवीकरण गरेको बताएकी हुन् ।

भण्डारीले राष्ट्रपतिको भूमिकाबाट बाहिर आएपछि व्यापक छलफल गरेर पुन: राजनीतिमा सक्रिय हुने निष्कर्षमा पुगेको बताएकी छन् । उनले भनिन्-‘फरक ढंगबाटको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्धेश्यका साथ मैले पार्टीको सदस्यता नवीकरण गरेको छु । अब म नेकपा एमालेको एक सदस्यको रुपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट आकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।’    

काठमाडौँका जनताले चुनाव जिताएर आफुलाई जनताको छोरीको रुपमा स्थापित गरिदिएको भन्दै भण्डारीले आफु विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा लागेको बताएकी थिइन् ।   

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?