राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।

बुधबार राष्ट्रिय सभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो।

यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?