सुदूरपश्चिमका मन्त्री बर्खास्त


धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलवहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् ।
बिहिवार मुख्यमन्त्री शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराएका छन् । केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%