कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने : Mero Aarthik
असार ३२ गते २०८२
ब्रेकिङ न्यूज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने भएको छ ।

असार १६ देखि शुरू भएको बैठकमा विभिन्न प्रस्तावमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेक्रम जारी रहेकाले आज अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यस अघि आइतबारको बैठकमा सह महामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, धु्रव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु वास्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रुपमा बैठकमा सहभागी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आ–आफ्नो धारणा राखेको पौडेलले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?