फागुन २ गते २०८२ --:--:--
मेनु

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको अनुमोदन

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२ १:२८ PM
संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद सदस्यको अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाई अनुमोदन गरेको छ ।

सोमबार बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ ।

समितिले यसअघि प्रस्तावित न्यायाधीश र सदस्यको सुनुवाई गरेको थियो ।

न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?