वैशाख १२ गते २०८३ --:--:--
मेनु

राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ७:१७ AM
राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन तथा मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरुका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?