काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको आजको बैठक दिउसो १ बजेदेखि बस्दैछ ।
आजको बैठकमा सहरी विकास मन्त्रालयसहितका मन्त्रालयको मन्त्रालयहट प्रश्नोत्तरको कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास ( पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची समेत रहेको छ ।














