वैशाख १२ गते २०८३ --:--:--
मेनु

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिदैन- प्रधानमन्त्री ओली

मेरो आर्थिक मेरो आर्थिक श्रावण ११ गते २०८२ ५:४८ PM
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिदैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् ।

आइतबार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए । 

दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको उनले स्मरण गरे  । सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए ।

बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट साहित्यिक विधातर्फ बैरागी काइँला, भुवन ढुङ्गाना र राजनीतिक दर्शन विधातर्फ मीना सुब्बा तथा नयनसिंह कडायत पुरस्कृत भएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?