वैशाख १२ गते २०८३ --:--:--
मेनु

विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ- प्रधानमन्त्री ओली

मेरो आर्थिक मेरो आर्थिक श्रावण २५ गते २०८२ ६:१२ AM
विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१औं विश्व आदिवासी दिवसको अवसरमा सबैमा भाइचारा, सद्भाव र प्रगतिको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले हाम्रो विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाउन आग्रह गर्दै शुभकामना दिएका छन् । 

उनले भनेका छन्- ३१औं विश्व आदिवासी दिवसको अवसरमा सबैमा भाइचारा, सद्भाव र प्रगतिको हार्दिक शुभकामना ! हाम्रो विविधतालाई एकतामा बदल्दा यो हाम्रो शक्ति बन्छ, यसलाई भिन्नता ठाने कमजोरी हुन्छ । हाम्रो विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ । जय जय नेपाल !

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?