फागुन ३० गते २०८२ --:--:--
मेनु

परराष्ट्रमन्त्री डा. राणासँग विपिनका आमा र बहिनीको भेट, रिहाइको थप पहल गरिदिन आग्रह

मेरो आर्थिक मेरो आर्थिक भाद्र ९ गते २०८२ ६:३७ AM
परराष्ट्रमन्त्री डा. राणासँग विपिनका आमा र बहिनीको भेट, रिहाइको थप पहल गरिदिन आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीकी आमा र बहिनीसँग भेटवार्ता गरेकी छन् ।

आइतबार परराष्ट्र मन्त्रालयमा हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीले मन्त्री राणासँग विपिनको रिहाइमा नेपाल सरकारको तर्फबाट थप पहलको आग्रह गरेका थिए ।

परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूताबासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल गएको जानकारी दिदै मन्त्री राणाले इजरायलबाट फर्केपछि आफुले उनीहरुलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी दिएको बताएकी छन् ।

विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने मन्त्री राणाले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?