काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
शनिबार शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री ओलीले सोमबार सम्मेलनलाई सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले यस अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथसँग भेटवार्ता गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजै रुसका राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्ने कार्यक्रम रहेको छ ।












