Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम के कस्तो रहला ?

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ३० गते २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम के कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखी सामान्य बदली रहेको छ । नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायूको प्रभाव रहेकोले मौसममा हलचल आएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा नैं रहनेछ । सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै र तराईका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

आजको रातको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाएको छ । सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुको एक दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

Add a new comment