Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

जल तथा मौसम बिज्ञान विभागका अनुसार आजको मौसम

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २५ गते २०८०
जल तथा मौसम बिज्ञान विभागका अनुसार आजको मौसम

आज देशको पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभावले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Add a new comment