तराईका अधिकांश स्थानहरूमा हुस्सु, एक-दुई स्थानमा हल्का हिमपात : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

तराईका अधिकांश स्थानहरूमा हुस्सु, एक-दुई स्थानमा हल्का हिमपात

मेरो आर्थिक मेरो आर्थिक माघ १० गते २०८०

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?