Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

तराईमा हावाहुरी चल्ने, पहाडमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २४ गते २०८१
तराईमा हावाहुरी चल्ने, पहाडमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईलगायत केही पहाडी भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ ।

Add a new comment