पूर्वानुमान महाशाखाका अनुसार आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना


काठमाडौं । आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उक्त जानकारी दिएको हो ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।
त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%