नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस
मेरो आर्थिक
मंसिर २० गते २०८१
समयः ९:५३ am
नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुने टेलिकमले जानाएको छ ।
यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस र नमस्ते पे, ईसेवा, खल्ती, आइएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रूपमा रहेका छन् ।
एमपीओएस रिचार्जमा देहाय बमोजिम बोनस उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार ब्यालेन्स सकिएको अवस्थामासमेत प्रिपेड मोबाइल प्रयोगकर्ताको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।
S.N. Upon Recharge of Rupees Bonus (Resource)
1 50-99 20 Min On-Net Voice for 3 days
2 100-199 50 Min On-Net Voice for 3 days
3 200-499 2 GB (Per day 1 GB for 2 days)
4 500 & above 8GB (Per Day 2GB for 4 days)
ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको जनाएको छ ।
यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहले क्तबचत टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *१४७७# डायल गरी १ छनोट गरेर डायल सापटी लिन सक्ने कम्पनीले जनाएको छ ।