Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २९ गते २०८१
गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक

काठमाडौं । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ । गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडियो र भिडियो दुवै सशक्त छ ।

गीतको भिडियो भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बसोवास गर्दै आउनुभएका तिम्सिनाले धेरै नेपाली गीत गाउनुभएको छ भने केही हिन्दी गीतमा समेत स्वर दिनुभएको छ ।

Add a new comment