गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८१

गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक भएको छ । पार्टी लभर लक्षित यो गीतमा गायिका रितिका श्रेष्ठका शब्द रहेको छ भने संगीत गायक भुषाल स्वयमको छ । गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ ।

गितमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ । गायक भुषालका अनुसार दोलालघाट र नगरकोटमा गीतको छायंकन गरिएको भिडियोको निर्देशन प्रदिप लामाले गर्नु भएको छ ।

अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । अर्धाखाँचीका गायक भुषाल हाल अमेरिकामा हुनुहुन्छ । गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो । करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन ।

Responsive YouTube Embed

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?