ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त


पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव संगालिसकेका गुरुङलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%