प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा हाजिर जमानीमा रिहा : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा हाजिर जमानीमा रिहा

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा प्रहरी हिरासतमा रहेका सांसद राणालाई आइतबार राति हाजिरी जमानीमा छाडिएको हो ।

उनी करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। अहिले हिरासतमा रहिरहँदा उनको मुखमा क्यान्सर भएको ठाउँमा मासु पलाएको र परीक्षण गर्दा उपचारको आवश्यकता छ भनेपछि उनका श्रीमतीको जिम्मामा हाजिर जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?