स्वर्गद्वारीको सार्वजनिक सुनुवाई भचेनीमा
मेरो आर्थिक
मंसिर १७ गते २०८१
समयः ६:३७ pm
राधिका भुसाल,प्युठान।स्वर्गद्वारी नगरपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ।स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।
नगरपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ भचेनी स्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिका भित्रका करिव २ सय जना सेवाग्राहि नागरिक, राजनीतिक दल,साझेदारी संस्था,नगरपालिकाका कर्मचारीहरु लगाएत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा करिव २ दर्जन जति प्रश्नहरु नागरिकहरुले आफ्नो प्रश्न तथा गुनासोहरु राखेका थिए ।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुख टेक प्रसाद भण्डारी, नगर उपप्रमुख मिनराज राना मगर, प्रमुख प्रशासकीय अधिकृत बिमल रिजाल र शाखागत प्रमुखहरु र वडा अध्यक्ष सम्बोधन गरेका थिए।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरपालिकाको हाल सम्मको प्रगति प्रतिबेदन प्रस्तुत समेत गरेका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै नगरपालिकाले योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि उत्पादन तथा बजारीकरण गर्ने, रोड लाईटहरु व्यवस्थापन गर्ने, खानेपानीको समस्या समाधान गर्ने,खरको छाना हटाउने अभियानलाई निरन्तरता दिने,शिक्षा क्षेत्रमा सुधार ल्याउने,सडक मर्मत गरिने,धार्मिक तथा प्रयटकीयस्थल प्रचार-प्रसारमा लगायतका क्षेत्रलाई बिशेष प्राथमिकता दिंदै सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गरेका थिए।