विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा : गृहमन्त्री : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा : गृहमन्त्री

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उहाँले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए ।

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ,पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए ।

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ ।’गृहमन्त्री लेखकले भने– ‘सिमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ । उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो ।

उनले भने- ‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं । जुनसुकैबेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ ।’

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए ।

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उहाँले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए ।

उनले भने-‘जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ । राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीको विकास भएको छ ।’

प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि नीजि क्षत्रेसित पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाई छ । उनले भने- ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भयो । देशभरका दुवै प्रहरी संगठनका प्रमुखहरुलाई तयार रहन निर्देशन दिइएको छ ।’

नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ–आफ्नो ठाउँबाट विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काम गरिरहेको मन्त्री लेखकको भनाई छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?