Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाली काँग्रेस प्युठानको क्षेत्रीय सम्मेलन सहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २८ गते २०८०
नेपाली काँग्रेस प्युठानको क्षेत्रीय सम्मेलन सहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्युठान। नेपाली काँग्रेस क्षेत्र नं. १ प्युठानले क्षेत्रीय सम्मेलन सहित पार्टी प्रवेशको कार्यक्रम सम्पन्न गरेको छ। माण्डवी गाउँपालिका ५ चकचके स्थित खुला चौरमा सम्मेलन तथा अभियानको उद्दघाटन कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा काँग्रेसका केन्द्रीय सहमहामन्त्री एवं माननीय सांसद जीवन परियारले नेपाली काँग्रेस एकजुट हुनुपर्ने बताए । जब काँग्रेसमा गुट र उपगुट देखिन्छ तब काँग्रेस कमजोर हुने जनाउदै उहाँले सबैजना एकजुट भएमा कुनै तागतले पनि हराउन नसक्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले अब कम्युनिस्टको काँध चढेर ,बुई चढेर अब स्थानीय चुनाब हुदैन हामी एक्लै चुनाव लड्ने बताएका छन् । उनले भनेः– "पार्टीले दिएका सबै खालका जिम्मेवारी सबैले आ–आफैले बहन गर्दे संगठन सुदृढीकरणमा जुट्नु पर्ने हुन्छ । अब पार्टीमा कसैको पनि हैकम लाद्न सकिदैन चाहे त्यो वडामा होस् ,चाहे त्यो जिल्लामा होस् या प्रदेश तथा केन्द्रमा।"

कार्यक्रममा जिल्ला सभापति एवं गौमुखी गाउँपालिका अध्यक्ष, लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननीय सांसद निमा गिरी, लुम्बिनी प्रदेश माननीय सांसद धनालक्ष्मी श्रेष्ठ, पुर्व सभापति अमर भण्डारी तथा शुवास के.सी., नौबहिनी गाउँपालिका सभापती देवी राम पुन, पुर्व उपसभापति शिव रिजाल तथा हुकुम बहादुर बिस्ट लगायतका बक्ताहरुले नेपाली कांग्रेसका बिचार, सिद्धान्त र नीतिका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।

क्षेत्रीय सभापति टेक प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव प्रदेश (क) का  दुर्गा बुढाथोकीले कार्यक्रमको संचालन गरेका थिए। कार्यक्रममा करिव ३ दर्जन जति बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको क्षेत्रीय सहसचिव पुनाराम खत्रीले जानकारी दिए । कार्यक्रममा भब्य सहभागिता रहेको थियो ।

Add a new comment